श्रीमानको मृत्युपछि ३ छोराहरुलाई छाडेर आमा बेपत्ता

डोटी । लामो समयसम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आफ्नै आमाले पनि छोडेर गएपछि डोटीको सायल गाउँपालिका वडा नम्बर ६ नारा गाउँका तीनजना बालकको बि’चल्ली भएको छ । ५५ वर्षीय बुवा बाजी खातीको करिब १५ महिनाअघि बिरामी भएर मु त्यु भएको थियो । बुवाको मृ त्यु भएको ६ महिनापछिनै आमासमेत नाबालक छोराहरुलाई छाडेर बेपत्ता भएको छ ।

स्थानीय विद्यालयका शिक्षकसमेत रहनुभएका दीपक खातीका अनुसार क्षयरोगले पीडित बाजी खातीको मृत्यु भएसँगै ७ महिनादेखि आमाले समेत छोडेका कारण छोराहरू अ’लपत्र भएका छन् । उहाँले भन्नुभयो, ‘स्थानीयस्तरमा हामीले सकेजति गर्दैछौँ तर नाबालकको अभिभावक नै बेपत्ता भएपछि उनिहरुको वि’चल्ली भएको छ ।’

श्रीमानकाे मृ त्यु भएको केही महिनामानै भारतको उडिसा माइती भएकी गोमा खातीसमेत बालबच्चा छोडेर बेपत्ता हुनुभयो । ९ वर्षका लक्ष्मणले आफ्ना दुईजना भाइहरू २ वर्षका कृष्ण र ४ वर्षका गणेशको रेखदेखको गरिरहेका छन् । घरमा खाना पकाएर दिने कोहि नहुदाँ उनिहरुहरूलाई दैनिक छाक टार्नसमेत स’मस्या हुने गरेको छ ।

आफ्नो साथै भाइहरूको सरसफाइ गर्नेदेखि छाकटार्ने व्यवस्था गर्न लक्ष्मणलाई स’मस्या परेको छ । नयाँ मान्छे देखे राम्रोसँग दोहोरो कुराकानीसमेत गर्न नसक्ने अवस्थाका लक्ष्मणले छिमेकीसँगै मागेर भएपनि छाक टार्नुपरेको छ ।

छिमेकीले दिएको खानेकुरा खाएर पेट पालिरहेका बालबालिकाहरूलाई छिमेकीले पनि सधैँभरि दिएर पाल्नसक्ने अवस्था पनि छैन ।

स्थानीय डबल साउदले भन्नुभयो, ‘स्थानीय बासिन्दाहरूले पनि आफ्नै छोराछोरीका लागि पनि सबैले पर्याप्त पालनपोषण गर्ने राम्रो अवस्था छैन, त्यसैमा पनि अलपत्र परेका तीन बालकलाई हेर्न धेरै अप्ठ्यारो भएको छ ।’ स्थानीय युवाहरूले बालकहरूको अवस्थाको बारेमा स्थानीय तहमा जानकारी गराइएको बताएका छन् र उनिहरुले ती नाबालकहरुलाई स्थानीय तहले सहयोग र संरक्षण गर्नुपर्ने धारणा राखेका छन् । गोर्खापत्रबाट ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। यो खबर धेरै शेयर गरिदिनु होला ताकी यी नाबालकको लागि सहयोग मिलोस । धन्यवाद ।

प्रकाशित मिति August 8, 2020
Loading...