हास्य टेलिशृंखला बेसारेको मायाजाल भाग २ सार्वजनिक

दुबई ,युएई ।

युएईमै निर्माण भएको हास्य टेलिशृंखला बेसारेको मायाजाल भाग -१ को सफलता पछी भाग-२ सार्वजनिक भएको छ । ईन्द्र सेन्चुरीको निर्देशनमा बनेको उक्त कमेडी सिरियलको पहिलो भागलाई दर्शकहरुले रुचाएका थिए । सेन्चुरी भन्छन – पहिलोलाई जस्तै दोश्रो तेस्रो र आउने भागहरुलाई पनि मन पराइदिनुहुन्छ भन्ने हामीले आशा गरेको छौ । सर्लाहीका इन्द्र सेन्चुरी बिगत ९ बर्ष देखि युएईमा कार्यरत छन युएईमा हुने विभिन्न सास्कृतिक कार्यक्रममा आफ्नो कमेडी प्रस्तुत गर्दै युएईमा हुने नेपालीहरुलाइ आफ्नो कला प्रतिभाले मनोरन्जन दिईरहेका छ्न । आफ्नो ड्युटीको बाबजुद पनि शुक्रबारको छुट्टिलाई सदुपयोग गर्दै आफ्नो कलालाई निखार्दै सिरियल निर्देशनमा लागेका हुन । निर्देशन सँगसगै उनले उक्त हास्य टेलिशृंखलामा कलाकारको भूमिका पनि निभाएका छन ।

बेसारेको मायाजाल B2K Asia युटुब च्यानल मार्फत आउने गर्दछ । यस हास्य टेलिशृंखलाको कथा / लेखन निर्देशन इन्द्र सिन्चुरिको रहेको छ भने ब्यबस्थापन बरुन खनाल र कैलाश अर्यालले गरेका छन । छायांकनमा बिष्णु खनाल, सम्पादन अरुन कु.सुनार, ग्राफिक्स प्रेम कु.थारु ध्वनी बिष्णु सुनार र शिर्ष गित नन्दु राइले गाएका छन । यस्तै युएईमा कार्यरत अन्य कलाकारहरुमा रन्जित रिजाल, अन्जुली लोप्चन, शिबमनु श्रेष्ठ, देबि दिपिका गुरुङ, सुदिप गैरे, नारायण बास्तोला, पाल्पाली कान्छा, खगेस्वर राजबशी, आशिका आचार्य, बिजया गौतम, रामशरण पाण्डे आदि रहेका छन । सेचुरीले यस हास्य टेलिशृंखला महिनाको दु*ई भाग आउने जानकारी दिएका छन । साथै भाग ३ छायान्कनको क्रममा रहेको बताएका छन ।

प्रकाशित मिति September 6, 2019
Loading...