no-image

काठमाडौँ, साउन २४ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित प्रेस ब्रिफिङमा उपत्यका तीन जिल्लामा ६२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौं ५६, ललितपुर ३ र भक्तपुरमा ३ संक्रमित फेला परेका छन् ।
२४ घन्टाको अ’द्यावधिक विवरणमा शुक्रबार उपत्यकामा १०६ जनामा सं’क्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।

काठमाडौं उपत्यकामा संक्रमण तीब्र रूपमा फैलिन थालेपछि मान्छेहरु सडकमा कम देखिन थालेको छ । उपत्यकाको एक सय एकतीस स्थानमा सं’क्रमण देखापरिसकेको छ भने आज थपिएकाहरुको ठेगाना खुलाइएको छैन ।

प्रशासनले संक्रमण उच्च देखिएको उपत्यकाको ३ जिल्लाको विभिन्न स्थानमा सि’ल समेत गरिएको छ र नागरिकलाई अत्यन्त सुरक्षीत तवरले बस्न आग्रह गरेका छन् । अत्यावश्यक सेवा बाहेकका सेवा पनि बन्द रहेको छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब-साइटमा जानुहोस धन्यवाद

प्रकाशित मिति August 8, 2020