काठमाडौंको कोटाल टोल र न्युरोडका केहिक्षेत्र सिल

काठमाडौँ साउन २४ । काठमाडौं महानगरपालिका वडा नम्बर ५ स्थित कोटाल टोल क्षेत्रलाई शनिबार सिल गरिएको छ । महानगरपालिका – ५ का अध्यक्ष रमेश डंगोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना संक्रमण देखिएपछि टोललाई नै सिल गर्नुपर्ने स्थिति आएको बताए ।

प्रहरीटोलीनै तैनाथ गरि सो क्षेत्रमा बजार, पसल र आवागमनसमेत बन्द गरिएको छ । केही दिनअघिको परीक्षणमा प्रहरीसहित उनको परिवारका पाँच जनामा संक्रमण देखिएको थियो । त्यसपछि परीक्षण गर्दा घरबेटीलाई कोरोना संक्रमण देखिएको थियो । टोलको २५ जनाको परीक्षणमा अन्य थप ६ जनालाई समेत कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

सोही टोलमा बस्ने केही व्यक्तिहरु काठमाडौंको कपनमा समेत पुगेको र उनीहरुको  प’रीक्षणमा समेत संक्रमण देखिएको वडा अध्यक्ष  डंगोलले बताए ।

पछिल्लो समयमा उपत्यकामा कोरोनाको संक्रमण बढ्दै गैरहेको छ । शनिबार मात्रै काठमाडौं महानगरपालिकाभित्र ५६ जनामा कोरोना पुष्ठि भएको थियोे । काठमाडौं म’हानगरपालिकाका प्रवक्ता इश्‍वरमान डंगोलले भने न्यूरोडका केही क्षेत्रहरु सिल गरिसकिएको छ । यस्तै महाबौद्ध क्षेत्रमा कन्ट्याक्ट ट्रे’सिङको काम भइरहेको बताउँदै उनले त्यस आसपासका केही क्षेत्रहरु समेत सिलगर्ने तयारी भइरहेको पनि बताए ।

उपत्यका छिर्ने ब्यक्तिहरुमा संक्रमण देखिएपछि प्रशासनले अहिले उपत्यका प्रवेशमा कडाई साथै नि’गरानी बढाएको छ । सरकारी कार्यालयहरुमा भिड बढ्न थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले भोलि देखी लागु हुनेगरी अ’त्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । काठमाडौँ उपत्यकामा झण्डै १ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्ठि भैसकेको छ । आजसम्म १ सय ३१ भन्दाबढी स्थानमा कोरोनाभाइरस देखिएको छ ।  प्रहरीले उपत्यकामा सुरक्षाको उपायहरु अपनाउन र मास्क अनिवार्य लगाउन सचेत गर्दै माइकिङ गरिएको छ र यदि मास्क नलगाईएको पाएमा विभिन्न वडाको संयोजनमा फ्रीमा समेत वितरण गरिएको छ ।

प्रकाशित मिति August 8, 2020