सिन्धुलीमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली, साउन २४ । सिन्धुलीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जिल्लाका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहका अनुसार कमलामाई नगरपालिकाका वडा नम्बर ९ निवासि एक पुरुषमा कोभिड-१९ पुष्टि भएको हो । उनी दुई हप्ता अघि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

यस्तै सिन्धुलीमा कोरोना संक्रमण पुष्टि भएको अर्को ब्यक्तिको भने पहिचान भैनसकेको बताइएको छ । सिन्धुली अस्पतालमा हाल २ जना कोरोना संक्रमीत उपचाररत रहेका छन् ।

प्रकाशित मिति August 8, 2020