काठमाडौँ उपत्यकामा संक्रमितको संख्या एक हजार नाघ्यो

काठमाडौँ , साउन २५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरुको संख्या १ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा १ हजार ४४ जना संक्रमित भेटिएका छन् । तीमध्ये आठसय ६ जना सक्रिय संक्रमित रहेका छन् ।

उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा आठसय २२, ललितपुरमा एकसय ३७ र भक्तपुरमा ८५ जना संक्रमित पाइएको हो । कोरोनाभाइरस उच्च दरमा वृद्धि हुदै गएपछि सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा आज आइतबारदेखि लागु हुनेगरी आगामी पन्ध्रदिनसम्म सट डाउन अर्थात् अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले उपत्यका लगाएत देशभर संक्रमणको अवस्था बढे संगै आगामी भदौ १ देखी संचालनमा आउने भनिएको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सेवा तथा लामो दुरिको यातायात सेवा यस्तै अवस्था रहिरहे उक्त निर्णयमा सरकारले पुर्नविचार गर्न सक्ने बताएका छन् ।

प्रकाशित मिति August 9, 2020
Loading...