सिन्धुलीमा थप ६ जनामा कोरोना संक्रमण पुष्ठि

सिन्धुली, साउन २५ । सिन्धुलीमा थप ६ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । यो संख्या अहिलेसम्म एकैपटक देखिएको मध्ये धेरै हो । हिजो मात्रै दुईजनामा संक्रमण पुष्ठि भएको थियो ।

साउन २१ गते स्वाब संकलन गरेर प्रादेशिक अस्पताल हेटौंडा पठाइएका बाइस जनामध्ये ६ जनामा संक्रमण पुष्ठि भएको अस्पताल स्रोतले बताएको छ ।

जिल्लास्थित स्वास्थ क्षेत्रका एक पदाधिकारीले भने, ‘यो संक्रमण पुष्ठि सङै जिल्लामा कोरोना समुदाय स्तरमा फैलिएको अनुमान गर्न सकिन्छ तर यसको पुष्ठि संक्रमीत ब्यक्तिहरुको पहिचान भैसकेपछि भन्न सकिन्छ ।  पछिल्लो समय सरकारले लकडाउन खोलेसङै काठमाडौं उपत्यका लगाएत देशैभर कोभिड १९ संक्रमीत बढिरहेको अवस्थामा सिन्धुली पनि अछुतो रहन सकेन ।

सिन्धुली जिल्लामा अहिलेसम्म ३३ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले सिन्धुली अस्पतालमा ३ जना कोरोना संक्रमीत उपचाररत छन् ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 9, 2020
Loading...