सिन्धुली अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा बन्द

सिन्धुली,साउन २६ । सिन्धुलीमा एकैदिन छ जनामा काराेना संक्रमण पाइएपछि सिन्धुली अस्पतालका इमर्जेन्सी सेवा बाहेक अन्य सेवा बन्द गरिएकाे छ ।

प्रादेशिक अस्पताल हेटौंडामा गरिएकाे कोभिड १९ परीक्षणमा सिन्धुलीका छ जनामा कोरोना संक्रमण पुष्ठि भएको थियाे । ६ जना मध्ये ४ जना नेपाली सेनाका जवान रहेका छन् भने अन्य २ जना सिन्धुली अस्पतालमै कार्यरत कर्मचारीका अभिभावक हुन् ।

सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद कुमार पोखरेलका अनुसार आकस्मिक बाहेक अन्य सेवा ३ दिनका लागि बन्द गरिएकाे हाे । अस्पताल परिषर भित्रका सबै स्थानमा डिसइन्फेक्सन गर्नका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्न लागिएको र सिन्धुली अस्पतालमा कार्यरत केही कर्मचारीहरुको रिपोर्ट आउन अझै बाकी रहेकोले पनि अस्पतालमा बाहिरी भीडभाड कम गर्न लागिएकाे उनले बताए ।
साेमबारबाट अस्पताल प्रवेशमा रोक समेत लगाइएको अस्पतालका अध्यक्ष पोखरेलले जानकारी दिनुभयाे । काेराेना पाेजेटिभ देखिएका थप छ जनालाइ अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गर्ने तयारी गरिएको छ । साउन २१ गते स्वाब संकलन गरेर पठाएका २२ मध्ये ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

सिन्धुली अस्पतालमा अहिले ३ जना संक्रमित उपचाररत छन् भने अहिलेसम्म ३३ जनामा कोरोना संक्रमण पुष्ठि भैसकेको छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 10, 2020
Loading...