“मैले दलालहरुको विरुद्ध कलम चलाउदा त एनआरएनले स्याबास दिनुपर्ने हो तर उल्टै केस गर्छु, पुलिसमा बुझाउछु, कारबाही गर्छु जस्ता टिप्पणीले तपाईंको संस्थामा कस्ताकस्ता व्यक्तिहरु छन् भन्ने कुरा संस्थाका जिम्मेवार नेतृत्वले बुझ्नै पर्छ ।” • अनिस तामाङ
काठमाडौं, साउन २६ । बेलायत लाने भनेर दुबई पुर्याएर अलपत्र परेका पीडितलाई एनआरएनए (दुबई) प्रतिनिधिहरुकै अगाडी आँखामा गम्भीर चोट पुग्नेगरि कुटेको छ । ती समाजसेवी भनौदाहरुले तत्काल पुलिस बोलाएर दलालहरु पक्राउ गर्न सकिन्थ्यो तर उल्टै आन्तरिक रुपमा मिल्द दबाब दियो, दलालहरु घट्न स्थलबाट भाग्ने वातावरण बनायो। सम्भवतः तिनीहरू भागेर नेपाल आइपुग्यो होला ।
कुट्ने दादाहरु तिनै समाजसेवी भन्नेहरुको मान्छे भन्ने पनि खुलेको छ तर आज सुनौलो भविष्यको कल्पना गरेर वैदेशिक रोजगारको लागि बेलायत भनेर गएका ती युवाहरु दुबईको तातो गर्मीमा लामो समय देखि न्याय माग्दै कहिले नेपाली दूतावास, त कहिले एनआरएन तिर धाउदै गर्दा उल्टो एनआरएनका समाजसेवी भनौदाहरु उनिहरुलाई दलाल भनेर फेसबुक लाइभमा आउदै हामी मिडियाकर्मीलाई पत्रकारिता सिकाउन खोज्छ् ।
एनआरएन युएईले खण्डन वक्तव्य जारी पछि पनि पीडितहरु फेसबुक लाइभमा आएर हामीलाई एनआरएनका प्रतिनिधिहरुको रोहबरमै कुटियो भनेर बोलेका छन् । ती पीडितहरुको अवाज सुन्ने कि उल्टै एनआरएन जस्तो जिम्मेवार संस्थाले पीडितलाई उल्टै दलालको तक्मा भिराउने ? यो गम्भीर विषय हो ।
मैले पीडितहरुको पक्षमा कलम चलाउद मलाई कारबाही गर्छु भनेर विभिन्न व्यक्तिहरुले धम्कि दिएक छन् , एनआरएन संग सम्बन्धित व्यक्तिहरुले समाचार डिलिट गर्न निरन्तर दबाब दिइरहेका छन् । पीडितहरुको पक्षमा कलम चलाउद समाचार डिलिट गर्न दबाब दिने तपाईंहरुको संस्था माथि नै गम्भीर प्रश्न चिन्ह खडा हुन्छ।
मैले यसरी दलालहरुको विरुद्ध कलम चलाउदा त एनआरएनले स्याबास दिनुपर्ने हो तर उल्टै केस गर्छु, पुलिसमा बुझाउछु, कारबाही गर्छु जस्ता टिप्पणीले तपाईंको संस्थामा कस्ताकस्ता व्यक्तिहरु छन् त्यो संस्थाका जिम्मेवार नेतृत्वले बुझ्नै पर्छ । अरुले गलत गर्द हात धोएर सिध्याउछु भनेर लाग्ने तर आफ्ना मान्छेहरुबाट गलत हुदा बचाउ गर्दै हिड्नेलाई समाजसेवी भनिदैन । त्यसैले यो घटनाप्रति सम्बन्धित निकायको ध्यानकर्षण होस् । तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।
प्रकाशित मिति August 10, 2020