कमलामाई नगरपालिकाले एकहप्ता यातायात सहित अत्यावश्यक बाहेकका सेेवामा लगायो रोक

सिन्धुली, साउन २६ । सिन्धुलीमा कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि कमलामाई नगरपालिकाले साउन २७ गते देखि राती १२ बजेदेखि नगर भित्र अत्यावश्यक बाहेकका सेेवा बन्द गर्ने निर्णय गरेको गरेको छ । साथै नगर प्रमुख खड्ग बहादुर खत्रीको संयाेजकत्वमा विश्वभर माहामारीकाे रुपमा फैलिएकाे काभिड १९ भाईरस प्रसार नियन्त्रण तथा जाेखिम निराकरण सम्वन्धमा सर्वपक्षिय वैठक वसी तपशिलका निर्णयहरु गरिएको छ ।

१: कनपा ६ स्थित अपाेलाे हस्पिटललाई आईसाेलेसन सेन्टरकाे रुपमा ब्वस्थापन गर्ने ।

२. काेभिड भाईरसकाे कारणबाट मृत्यू हुनेकाे शव ब्यवस्थापनका लागि आवश्यक स्थान छनाैट गर्ने र शव ब्यवस्थापनका लागि २० थान क्याटेगाेरी १ का PPE पाेसाक तयारी अवस्थामा राख्ने ।

३. जिल्ला स्तरमा नै PCR जाँच गर्ने ल्याव र आईसाेलेसन केन्द्र स्थापनाकाे लागि यस अघि नै भएकाे निर्णयकाे समीक्षा गर्ने ।

४. कमलामाई नगरपालिका क्षेत्रमा मिती २०७७ श्रावण २७ गतेकाे राती १२ बजेबाट अत्यावश्क सेबा भन्दा बाहेकका कुनै पनि खाले यातायात सञ्चालन तथा अन्य बिविध सेवा र कृयाकलापहरु गर्न निषेध गर्ने । यसकाे अवधी ७ ( सात ) दिनकाे रहने ।

प्रकाशित मिति August 10, 2020