नेपाल आदिवासी जनजाति महासंघ युएईले आदिवासी दिवस जुम भर्चुअल मार्फत मनाए

युएई, साउन २६ । नेपाल आदिवासी जनजाति महासंघ युएईले २६औं अन्तर्राष्ट्रिय विश्व आदिबासी जनजाति दिवस जुम भर्चुअल मार्फत शुभकामना आदान-प्रदान गर्दैै  मनाईएको छ।

नेफिन युएईका अध्यक्ष श्री महेश मोक्तानको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम नेफिन युएईका महासचिव कुमार बलामीले अतिथिहरु लगायत सहभागी सम्पुर्ण मा नेफिन युएईको तर्फबाट स्वागत मन्तब्य ब्यक्त गरी कार्यक्रम सन्चालन गर्नु भएको थियो।

उक्त कार्यक्रममा नेफिन युएई संरक्षण समिति का अध्यक्ष तथा निवर्तमान अध्यक्ष एवम् एनआरएनए युएई का उपाध्यक्ष श्री पासाङ शेर्पालाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो।

यसैगरि कार्यक्रममा बिशेष अतिथी को रुपमा नेफिन युएई प्रशिक्षण बिभाग प्रमुख तथा भुपु अध्यक्ष एवम् आदिवासी जनजाति महासंघ युएईका अग्रज अभियन्ता श्री डेर राज गुरुङ,र नेफिन युएई संरक्षण समितिका सदस्य एवम् नेवाःपुचः युएईका प्रमुख संरक्षक तथा भुपु अध्यक्ष श्री प्रमोद श्रेष्ठ ज्युलाई आमन्त्रण गरिएको थियो।
प्रमुख अतिथिज्यु र विशेष अतिथिज्युहरु द्धारा सहभागी सम्पुर्णमा २६सौं अन्तराष्ट्रिय आदिवासी जनजाती दिवस को ओैचित्य र महत्वबारे प्रकाश पार्नु हुँदै आफ्नो सारगर्वित मन्तब्य सहित शुभकामना ब्यक्त गर्नु भएको थियो।

कार्यक्रमका सभापती, नेफिन युएई अध्यक्ष श्री महेश मोक्तानज्युले आफ्नो शुभकामना मन्तब्य दिने क्रममा नेफिन युएईले बिगतका दिनहरुमा आदिवासी दिवस लगायत अन्य विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको र यस्लाई निरन्तरता दिंदै जाने प्रतिवद्धता जाहेर गर्नु भएको छ। साथै सम्पुर्ण नेपाली आदिवासी जनजाति हरुको जल,थल, पहिचान र हक अधिकारको सुनिश्चित गर्न सबै एकजुटभएर अगाडि बढ्नको लागि आब्हान गर्नु हुँदै २६सौं अन्तराष्ट्रिय आदिवासी जनजाति दिवसले सबैमा सुख शान्ति र सद्भाव फैलियोस भन्ने शुभकामना मन्तब्य सहित ओैपचारिक कार्यक्रम समापन गरिएको थियो।

उक्त कार्यक्रममा नेफिन युएईका पदाधिकारीज्युहरु,विभिन्न जातिय संस्थाका पदाधिकारी ज्युहरु लगायत प्रतिनिधिज्यु हरुको सहभागीता रहेको थियो। सहभागी हुनुभएका सम्पुर्ण लगायत बिविध कारणबस सहभागी हुन नसक्नु भएका सम्पुर्णमा नेफिन युएईको तर्फबाट हार्दिक धन्यवाद सहित शुभकामना ब्यक्त गरिएको थियो।                                        यसपाली म हामारीको रुपमा बिश्वब्यापी फैलिएको कोभिड १९ को असरले गर्दा गत बर्षहरुमा झैं विभिन्न जातिय भेषभुषा, झाँकी र बिविध कार्यक्रम सहित भब्य रुपमा मनाउने भन्ने नेफिन युएईको बार्षिक योजना तैयार गरिसकेको भैैैसके पनि बाध्यतावस गर्न्न नमिल्ने अवस्था सृजना भएकोले यसपालि जुम भर्चुअल मै सिमित हुनु परेको र आगामी बर्ष पक्कै पनि बृहत् कार्यक्रमहरु सहित मनाउनको लागी सबैको साथ र सहयोग पाउने अपेक्षा गर्दै आगामी दिनहरुमा आदिवासी हरुको पहिचान हरेक मुद्दा,तथा हक हितको संरक्षणको लागि नेफिन युएई निरन्तर लागि रहने कुरा महासचिब कुमार बलामीले जानकारी गराउनु भएको छ।

प्रकाशित मिति August 10, 2020