अरूको तारीफ र खुवी देख्ने संस्कारको विकास गर्नुपर्छ: करिश्मा मानन्धर

व्यत्ती त कुनै एक घटनाको पात्र मात्रै हो !
यो बेलाबेलामा हाम्रो वरिपरि भैरहने घटना हो ! जरा गाडेर बसेको प्रवृत्तिको सिकार हुन पुगिरहेकाछौ हामी !
आरूको तारीफ गर्ने र खुवी देख्ने संस्कारको विकास नै गर्न नसकेको जस्तो !
बरु होच्याउने नकारात्मक टिप्पणी गर्ने संस्कार बिकसित गरेको जस्तो !

गहिरिएर हेर्ने हो भने यो एउटा व्यत्तीबाट मात्रै हुने क्रियाकलाप होइन !
यो सुषुप्तरुपमा जालो फिजाएर बसेको मानसिकता हो ।
तेसैले प्रवृत्तिको बिरोध गरौ किनभने जब आगो जस्तो शब्द बाणले अरुको मनलाई भेदन गर्ने नियतले कोहि बोलिरहेको हुन्छ तब के के न गरुला भन्ने रिसाआवेगमा दन्कीरहेको हुन्छ ।
भक भक उम्लिएको शब्द रुपि लाभा ओकेल्छ , कहिले एकान्तमा त कहिले सारेआम !
जब उसमा त्यो रिसाआग्निको गति मन्थर हुन्छ उ तलाउको चिसो पानी जस्तै सितल हुन्छ ।
आखिर मान्छे न हो !
तर उसले छरेको झिल्काहरुले यत्र तत्र डढेँलो लगाइ सकेको हुन्छन्।
जब उ पश्चाताप र क्षमा भावमा हुन्छ !
सबै उ प्रति सशंकित हुन्छन !
के उसको भाव साचो होला र ?
गल्ती मानिस बाटै हुन्छ किनभने मानिस गल्ती सच्याउने सामर्थ्य राख्छ ।
तेसैलेत मानिस सर्वोच्चतम प्राणी ।
सृष्टिको कुनै पनि रचनालाई टिप्पणी गर्ने कसैको हैसियत र अधिकार छैन्।
सबै जिवित र निर्जीव वस्तु र जीवको आफ्नै विशेष महत्त्व छ , हर वस्तु र जीव आफैमा सुन्दर छन् ।
अफ्नो नैतिक जिम्मेवारीबाट जानी जानि बिमुखभाइ गल्ती गर्ने लाई सजाय हुनुपर्छ ,तर भुल बस गल्ती भयेको छ भने सचेतना सहित माफी दिन पनि सक्नु पर्छ !
त्यो पनि त्याहा जाहाँ कुरा परिवार बिचको हुन्छ ! घरको इज्जत बाटोमा लगेर प्रदर्शन गर्ने अधिकार कुनै परिवारका सदस्यको छैन् ।
मेरो आग्रह हजुरहरु सबैलाइ केहो भने शरीरमा घाउ लाग्दा तेस्लाइ खाटा बस्न दिनु उचित हुन्छ कोट्टाइ रह्यो भने त्यो निको हुदैन , दुख आफ्नै शरीरलाई हुन्छ ।
यो सब हामिले एकाअर्कालाई सहसम्मान गर्न नसक्नुको परिणाम हो । सार्वजनिक रूपमा वाद प्रतिवाद गर्नु भन्दा नि आपसी छलफल गरेर समस्या किन भयो , के हो भन्नेमा पुगेर कानुनी उपचार या अन्य उपचार खोज्दा राम्रो हुने थियो ।
एउटा चलचित्र परिवारको सदस्यको नाताले सबै मेरा प्रीय हुनुहुन्छ , भोलिको बिहानी संगै यो समस्या सकारात्मक रूपमा समाधान भयेको सुन्न पाउँ

ॐ शान्ति ।

 

करिश्मा मानन्धर

 

प्रकाशित मिति August 10, 2020
Loading...