काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन २७ : काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दो छ। मङलबार थप १३४ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १३४ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंका ११० , भक्तपुरमा ८ र ललितपुरमा १६ जनामा गरी कुल १३४ जनामा कोरोना संक्रमण देखिएको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 11, 2020