सुनको मूल्यमा एकैदिन ऐतिहासिक गिरावट

काठमाडौं, साउन २८। सुनको भाउ एकैदिन भारी मूल्यले घटेको छ । बुधबार सुनको भाउ तोलामा ६ हजार २०० रुपैयाँले घटेको हो ।
मंगलबार १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार छापावाला सुनको मूल्य प्रतितोला बुधबार एकैदिनको अन्तरमा ६ हजार २०० रुपैयाँले घटेर ९५ हजार ४०० रुपैयाँ कायम भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

एकै दिन तोलामा ६ हजार रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । महासंघले तेजाबी सुनको कारोबार प्रतितोला मूल्य ९४ हजार ९ सय तोकेको छ ।

यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।
कोरोना भाइरस विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मूल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 12, 2020