नक्कली बाबुराम भए फ्लप, जिग्री र पाँडेले मुद्दा हाल्ने

२०७६ भदौ २३

नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोलको नयाँ श्रृंखलाको निर्देशनको जिम्मेवारी पाएका ज्योती काफ्ले (नक्कली बाबुराम भट्टराई) को पहिलो एपिसोड नै फ्लप भएको छ । भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो ।

गत शुक्रबार प्रशारित २ सय २० औं एपीसोडको कथा पुरानै एपीसोडहरुको निरन्तरता जस्तो गरी बुनिएको छ । तर, दर्शकलाई बाँधेर राख्ने खालको कथावस्तु छैन । साथै, पुरानो टिमका कोही पनि नहुँदा दर्शक नि*रा*श बनेका हुन् ।

यूट्यूवमा भद्रगोलको उक्त एपीसोड छैटौं नम्बरमा ट्रेन्डिङ छ । यसले झण्डै सात लाख भ्यूज पनि पाएको छ । तर, उत्पादकका लागि चिन्ताको विषय के भने यसमा लाइकभन्दा धेरै संख्यामा डिसलाइक आएका छन् । अहिले यूट्यूवमा सो एपीसोडमा १६ हजार लाइक र ३१ हजार झन्डै दोब्बर डिसलाइक देखिएका छन् ।

यति मात्र होइन, यसमा आएका १३ हजार भन्दा बढी प्रतिक्रियाहरुमध्ये अधिकांश नकारात्मक छन् । अधिकांसले पुरानो टिमलाई फर्काउने माग गरेका छन् । कतिपयले अब भद्रगोल नहेर्ने घोषणा पनि गरेका छन् भने कतिले मिडिया हबलाई अनसस्क्राइब गर्ने बताएका छन ।

उत्पादक मिडिया हवसँग विविध विषयमा कुरा नमिल्दा जिग्री-पाँडेको समुह भद्रगोलबाट अलग भएको हो । उनीहरुले समयमा पैसा नपाएको गुनासो गरेका छन् भने कार्यक्रमको यूट्यूव राइट पूर्णरुपमा आफूहरुले पाउनुपर्ने माग गरेका छन् । मिडिया हब यसमा सहमत छैन ।

यसअघि भद्रगोलका अधिकांश एपीसोडहरु ट्रेन्डिङमा पहिलो नम्बरमा आउने गरेका थिए । तर, पुरानो टिम तितरवितर भएपछि मिडिया हबलाई यसको लोकप्रियता कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।

नयाँ भद्रगोल निर्माणमा संलग्न सबैबिरुद्ध उजुरी दिने तयारी

नेपाल टेलि भिजनबाट प्रसारण भईरहेको चर्चित टेलि श्रृङखला भद्रगोल हिजोबाट नयाँ टिमका साथ प्रसारण भएको छ । कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) सहितको टिमले एक्कासी भद्रगोल रोके पछि मिडिया हबले नयाँ टिम सहित दर्शक माझ ल्याएको हो । यता नयाँ भद्रगोल प्रसारण भएसंगै जिग्री र पाँडे आक्रोसित भएका छन् ।

उनीहरुले मि*डि*या ह*बले आफुहरुलाई अन्याय गरेको भन्दै अदालत जाने चेतावनी दिएका छन् । मिडिया हबले नयाँ भद्रगोल पुरानै भद्रगोलको निरन्तरता हो भने झै देखाउँन खोजेपछि उनीहरु रिसाएका हुन् । टेलि श्रङखलका परिकल्पनाकार, लेखक तथा कलाकार जिग्रीले सर्जकलाई ढाँटेर छलेर मिडिया हबले भद्रगोल आफ्नो ट्रेडमार्क बनाएको भन्दै आपत्ति जनाए । उनले हिजोको नयाँ एपिसोडमा पुरानो भागको क्लिप समेत राखेको भन्दै आपत्ति जनाए ।

शीर्ष गीत समेत सर्जकलाई थाहा नदिई राखेको भन्दै मिडिया हबले आफुह रुमाथि ज्या*द*ती गरेको र आफुहरु अदालत जाने बताए । जिग्रीले सम्झौता अनुसार एक सय ७६ भागको पारिश्रामिक समेत आफुहरुले नपाएको बताएका छन् । उनले आफुहरुको सृजना चोरी भएको र बाँकी पारिश्रृमिक पाउँनु पर्ने माग सहित अदालत जाने बताएका छन् । उनीहरुले नयाँ भद्रगोल निर्माणमा संलग्न सबै बि*रु*द्ध उजुरी दिने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति September 8, 2019