प्रचण्डको सचिवालयमा कार्यरत सवारी चालकमा कोरोना संक्रमण

काठमाडौ, साउन २८। नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा कार्यरत सशस्त्र प्रहरीलाइ कोरोना संक्रमण पुष्टि भएको छ।

सचिवालयमा सवारी चालकको रूपमा कार्यरत सशस्त्र प्रहरीलाई कोरोना पुष्टि भएपछि उनलाइ सशस्त्र प्रहरीकै आइसोलेसनमा राखिएको छ । प्रचण्डका सवारी चालकसँगै उनको चहलपहल रहेका कारण अहिले प्रचण्डका चालकलाइ पनि आइसोलेसनमा राखिएको छ । यसअघि पनि प्रचण्डको सुरक्षामा खटिएका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 12, 2020
Loading...