स्वाब दिएपछि आइसोलेसनमा बस्नु : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन २९ । सरकारले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले स्वा ब परीक्षण गर्न दिएकाहरुलाई अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका हुन् ।

उनीहरुलाई नमुना परीक्षणको रिपोर्ट आएपछि आफ्नो सम्पर्कमा रहेकाहरुलाई खबर गर्न आग्रह गरिएको छ । को रोना परीक्षणका लागि स्वाब दिएकाहरु रिपोर्ट नआउँदै समुदायमा घुम्ने र पछि संक्रमण पुष्टि हुँदा सम्पर्कमा आएका व्यक्तिको खोजीमा समस्या हुने र कन्ट्याक्ट् ट्रेसिङका लागि पनि समस्या हुँदै आइरहेको थियो ।

परिक्षण गर्न दिइसकेपछि आइसोलेसन नबस्दा कतिपय ब्यक्तिहरुको रिपोर्ट पोजेटिभ आउने गरेको र उनीहरुका कारण आफ्नो परिवार र समुदायमा संक्रमण फैलिन सक्ने बताउदै मन्त्रालयले येस्तो आग्रह गरेको हो ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 13, 2020