सिन्धुली, साउन ३०। सिन्धुलीमा एकै पटक १३ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।
१८८ जनाको स्वाब परिक्षण गर्न प्रादेशिक अस्पताल हेटौंडा पठाइएको मध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले जानकारी दिएको छ । उनीहरु सिन्धुली कुन-कुन ठाउँका भन्ने जानकारी आउन केहि समय लाग्ने स्रोतले बतायो ।
अहिले ४ जना संक्रमित सिन्धुली अस्पतालको आइसोलेेेनमा उपचाररत छन् ।
सिन्धुली अस्पतालका कर्मचारीका साथै सेना र अन्य स्थानीय समेतको स्वाब ३ दिन अघि हेटौंडा पठाइएको थियो भने विभिन्न स्थानहरुबाट आई क्वारेन्टाइनमा बसेकाहरुको पनि स्वाब परिक्षण गर्न पठाइएको थियो ।
तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।
प्रकाशित मिति August 14, 2020