काठमाडौंबाट कोरोना संक्रमित ब्यक्ति ट्याक्सी चालकलाई थाहै नदिइ रातारात सिन्धुलीमा

सिन्धुली, साउन ३० । राजधानीमा कोरोना पुष्ठि भएका एकजना कोरोना संक्रमित अस्पतालमा उपचार नगराई आज रातरात काठमाडौंबाट ट्याक्सी लिएर उक्त ट्याक्सी चालकलाई नै थाहै नदिइ आफ्नै घर सिन्धुली तिनपाटन गाउँपालिका – ९ मा आएको खुलेको छ ।

यहि साउन २८ गते बुधबार तिनपाटन गाउपालिका – ९ रिठ्ठे निवासी एक ७७ वर्षे बृद्धलाई काठमाण्डौको टेकु अस्पतालले कोरोना पुष्टी गरीएको थियो । संक्रमण देखिएपनि बृद्धमा कोरोनाको कुनैपनि लक्षण नदेखिएको र अस्पतालमा पनि उपाचारकक्ष खालि नभएको कारण घरमै एकान्तबासमा राख्न डाक्टरले सुझाब दिएको थियो ।

काठमाण्डौमा रुम लिएर एकान्तमा राख्ने बाताबरण नभएको कारण आज रातारात घरमा आउनु परेको संक्रमित ब्यक्तिको परिवारिक श्रोतले जानकारी दिएका छन् ।

काठमाण्डौबाट हिजो सांझ ७ बजे एउटा ट्याक्सी १० हजारमा रिर्जभ गरी हिडेको र तिनपाटनमा रातको ३ बजेको आइपुगेको जनाईएको छ । संक्रमित ब्यक्तिसंग बर्ष ४३ को छोरापनि संगसगै यात्रामा थिए । उता छोराले दिएको जानकारी अनुसार ट्याक्सी चालकलाई पनि कोरोना संक्रमित भनेर जानकारी नदिएको जनाएको छ ।

यता कोरोना सक्रमित ब्यक्ति गाउँमा आए पछि गाउँनै त्र सित बनेको छ । संक्रमित व्यक्तिलाई गाउँपलिकाले उपचार गर्नको लागि कुनै पनि पहल नगरेको भनि स्थानिय युवाहरुले आरोप पनि लागाएको छ । अहिले गाउँको युवाहरुको सक्रियतामा छुट्टै बस्ने बासको व्यबस्था गरीएको स्थानिय राम मगरले जानकारी दिनु भयो ।

उता गाउपालिकाले भने उक्त संक्रममितलाई उपाचारको लागि जिल्लामा समन्वय भैरहेको गाउँपालिका उपाध्यक्ष पदम माया तामाङले बताउनुभयो ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 14, 2020