अपहरण आरोपमा लिखु-तामाकोशी गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौं, साउन ३० । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् ।
प्रहरीले आज उनलाई अ पहरण तथा शरीर ब’न्धक सम्बन्धी आरोपमा मन्थलीवाट प्रहरीले पक्राउ गरेको हो ।

उपभोक्ता समितिका दर्पण घिसिङलाई अ पहरण गरी ब’न्धक बनाएर चेकमा ज’बर्जस्ती हस्ताक्षर गर्न लगाएको आरोप उनीमाथि छ । खडकामाथि लागेको विभिन्न आरोप माथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । खडका तत्कालिन नेकपा एमालेवाट अध्यक्षमा निर्वाचित भएका थिए । पार्टी नीति विपरित काम गरेको भन्दै नेकपाले गत बर्ष उनलाई कारवाही गरेको थियो ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 14, 2020