होटल तथा रेष्टुरेन्ट व्यवसाय थप संकटमा

काठमाडौं, साउन ३१ : पर्यटन क्षेत्रलाई विस्तारै गतिशिल बनाउन सरकार र सम्बन्धित निकाय तयारी थालिरहेकै बेला मुलुकमा बढेको का रोना सं क्रमणका कारण फेरी अन्यौल सिर्जना भएको छ ।

यसअघि होटल रेष्टुराँ, ट्राभल र ट्रेकिङ खोल्ने निर्णय गरेकोमा अब भने होटल तथा रेष्टुरेन्ट खुल्ला गरेर बसेर खान नपाइने तर, प्याकिङ गरेर मात्रै खानेकुरा बिक्री गर्न पाउने नियम सरकारले लागू गरेको छ । साना ठूला रेष्टुरेन्ट र खाजाघरमा सुरक्षा मापदण्ड नअपनाइएको, सरकारको आग्रहलाई अटेर गरेको र भीडभाड हुने गरेको पाइएको भन्दै सरकारले त्यस्ता रेस्टुरेन्ट र खाजाघरलाई कडाइका साथ टेक अवे सेवा मात्र दिने निर्णय गरेको हो ।

जसका कारण अधिकांश होटल तथा रेष्टुरेन्ट बन्द भएका छन् । खुलेका केहि होटल तथा रेष्टुरेन्टले टेक अवे सेवा मात्र दिइरहेका छन् । सरकारले जोखिम बढेसँगै पुनः होटल तथा रेष्टुराँ सञ्चालनमा रोक लगाएको हो । यो क्षेत्रमा करिब ४० प्रतिशत कर्मचारी कटौती गरेको केही दिन अघि राष्ट्रबैकले सार्वजनिक गरेको प्रतिवेदनमा समेत उल्लेख छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 15, 2020
Loading...