अमेरिकी राष्ट्रपति ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन

एजेन्सी, साउन ३२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । ७२ वर्षीय रोबर्टको स्थानीय समय अनुसार शनिबार बेलुका मृ त्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछी उनलाई हिजो मात्रै न्यूयोर्क सिटीको अस्पातालमा भर्ना गरिएको थियो । उनलाई के रोग लागेको थियो भन्ने खुलाइएको छैन । राष्ट्रपति ट्रम्पले विज्ञप्ति जारी गर्दै रोबर्ट आफ्नो भाइ मात्रै नभएर मिल्ने साथी भएको उल्लेख गरेका छन् ।

यसअघि ट्रम्प अपरान्ह न्यूयोर्क सिटीको अस्पतालमा उपचाररत भाइलाई भेट्न पुगेका थिए । रोबर्टले राष्ट्रपति ट्रम्पको घरजग्गा कारोबारको लगानीको व्यवस्थापनको काम गर्दै आएका थिए ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 16, 2020
Loading...