केपी ओलि निरंकुशपथमा बाबुराम भट्टराईको ५ तर्क

काठमाडौं, साउन ३२ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले अहिलेको ओलि सरकार राजा महेन्द्र र रायमाझी पथमा जस्तै निरंकुशता तर्फ हिड्न उद्यत रहेको आरोप लगाएका छन् ।

नेता भट्टराईले आरोप मात्रै लगाएका छैनन त्यस तर्फ ओलि नेतृत्वको सरकार कसरी अघि बढिरहेको छ भनेर ५ वटा तर्क र घटनाक्रम प्रस्तुत गरेका छन् ।

सामाजिक संजाल टुइटरमा आफ्नो विचार राख्दै नेता भट्टराईले ओलि सरकारको खुलेर विरोध गरेका छन । प्रधानमन्त्री ओलिलाई कहिले भस्मासुर त कहिले के उपनाम दिईरहेका नेता भट्टराईले सरकारको कमजोरीको खुलेर विरोध गर्ने गरेका छन ।

प्रधानमन्त्रीले को रोना म हा मारीको समयमा पार्टी फुटाउने अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाउन लागेको समय देखीनै नेता भट्टराईले प्रधानमन्त्री ओलिलाई हेर्ने दृस्ठिकोणनै फरक रहेको बताइन्छ । त्यसपछि भट्टराईले प्रधानमन्त्री ओलिले गरेका कामहरूको प्रसंशा गरेको पनि पाइदैन ।

खासगरि नेता भट्टराईले अहिलेको सरकार अहंकारबादी, खोक्रो रास्ट्रवादि, सत्तामोह, भ्रष्टाचारमा लिप्त, प्रचारवाजी र धर्मको माध्यमबाट जनमत बटुल्न अनेक बखेडा झिक्ने कुरामा केन्द्रीत रहेको प्रस्ट्याउन खोजेका छन् ।

नेता भट्टराईको ५ तर्क येस्तो छ –

१.पहाडी खसआर्य अहंकारवादलाई नेपाली राष्ट्रवादको रूपमा प्रस्तुती

२.हिन्दु धर्मभीरू जनमत बटुल्न अयोध्या/राममन्दिर बखेडा

३.संसद/अदालत/सेना/अख्तियार कब्जा

४.यति/भट्ट इ. मार्फत क्रोनी क्यापिटालिज्म

५.’दशरथ/डलरमणि’ मार्फत मिडिया

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 16, 2020
Loading...