फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ, साउन ३२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आज राती १२ बजेवाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँ बढाएको हो ।

मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा र डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले जनाएको छ । निगमले एकमहिना अघि पनि मुल्य बढाएको थियो ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 16, 2020