युएईस्थित नेपाली दूतावासले घरेलु कामदारलाई पुनः श्रमस्वीकृतिका लागि सिफारिसपत्र दिने

रुपेश अधिकारी,

युएई । युएईमा कार्यरत घरेलु कामदारले पुनः श्रमस्वीकृतिका लागि दूतावासमार्फत सिफारिसपत्र पाउन थालेका छन् । दूतावासले आइतबार एक सूचना जारी गर्दै घरेलु कामदारको श्रम स्वीकृतिका लागि आवश्यक सिफारिसपत्र बनाउन सुरु गरेको जनाएको छ । त्यसका लागि अवधि कायम भएको भिसा, राहदानी र करार सम्झौतामा उल्लेख भएको प्रमाण आवश्यक पर्नेछ ।

यस्तै रोजगारदाताको राहदानीको प्रतिलिपी, घरेलु कामको रुपमा श्रमस्वीकृति लिइ युएई आएको प्रमाण र विदामा नेपाल गई पुनः रोजगारीमा फर्कँदा यसअघि काम गरेकै रोजगारदाताकोमा जाने सुनिश्चित हुने कागजात खुल्नपर्ने दूतावासले जनाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत भदौ १७ मा गरेको निर्णय अनुसार विदेशमा कार्यरत घरेलु कामदारले स्वदेश फर्किएर पुन: श्रमस्वीकृति लिन पाउने भएका हुन् । त्यसका लागि उनीहरुले कार्य*स्थल देशमा रहेको नेपाली दूतावासमार्फत सि*फारिस*पत्र बनाउन पर्छ ।

युएईस्थित नेपाली दूतावासले जारी गरेको सुचना ।

श्रम स्वीकृतिको पर्खाइमा रहेका घरेलु कामदारलाई सरकारको यो निर्णय कार्यान्वयनमा आएपछि राहत मिलेको छ । तर, नेपालमा पहिलो पटक श्रमस्वीकृत नलिएको र भिजिटमा आएर घरको काम गरिरहेकाहरुको हकमा भने यो लागू नहुने दूतावासका श्रमसहचारी मोतिराम भुसालले जनाए । उनले भने, ‘नेपालमा पहिलोपटक श्रम गरेर आएको र लामो समय श्र*म हुन नपाएकाहरुले यसको ला*भ लिन सक्छन् ।’

दूतावासले सिफारिसपत्र खुलाएपछि अहिले सम्म १५ जनाभन्दा बढीले यो सेवा लिइसकेका छन् ।

नेपालको बाटो प्रयोग गरी युएई आएका करिब १० हजार घरेलु कामदार यहाँ रहेको अनुमान छ। तर, भिजिट भिसामा तथा तेस्रो देश हुँदै आउनेको सख्या भने एकिन हुन सकेको छैन

प्रकाशित मिति September 9, 2019