दुबई, साउन ३२। युएईको आबुधाबीस्थित नेपाली दूतावासले नेपाल फर्कन विभिन्न माध्यमबाट नाम टिपाएका नेपालीहरुलाई उद्दार गर्न नेपालि सहित विभिन्न पाँच वटा विभिन्न एयरलाइन्स मार्फत १५ तय भएको जानकारी दिएको छ ।
दूतावासले उक्त जानकारी दिदै आफुलाई पायक पर्ने स्थानमा एयरलाइन्सको आधिकारिक टिकट काट्ने ठाउँमा गएर टिकट लिन अनुरोध गरेको छ ।
दूतावासले आज एक महत्वपूर्ण सूचना जारी गर्दै भोलिदेखि ३१ अगष्टसम्मको लागि फ्लाइट तय भएको जानकारी दिएको हो ।
५ वटा एयरलाइन्सले यूएई विभिन्न शहरबाट काठमाडौँका लागि उडान गर्ने छन् । नेपाल एयरलाइन्सको दुबईबाट अगष्ट १७, २१, २५, २७,२९, ३१ तारिखमा फ्लाइट हुनेछ ।
हिमालय एयरलाइन्सको फ्लाइट आबुधाबीबाट अगष्ट २५, २७, २९, ३१ तारिखमा हुनेछ र यसैगरी, एयर अरेबियाको शारजहाँबाट अगष्ट २५ र ३१ तारिकमा हुने तय भएको छ ।
फ्लाई दुबई मार्फत दुबईबाट अगष्ट १७ र २० तारिकमा हुने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । इतिहाद एयरवेज मार्फत आबुधाबीबाटनै २७ अगष्टमा फ्लाइट रहेको छ ।
साथै उद्दार उडान मार्फत नेपाल फर्कने नेपालीहरुले कोभिड १९ को नेगेटिभ रिपाेर्ट अनिवार्य रुपमा पेस गर्नुपर्नेछ । युएईबाट फ्लाइट हुनुभन्दा पहिलेनै परिक्षण गरिएको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्ने दूतावासले जनाएको छ ।
तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।
प्रकाशित मिति August 16, 2020