निर्मला पन्तलाई न्याय माग्दै प्रधानमन्त्री ओलि लगाएतको फेसबुक प्रोफाइलमा लाखौं कमेन्ट

काठमाडौं, भदौ १ । करिब दुई भन्दा वर्ष भन्दा पहिले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई ब लात् कार पछि ह त्या गरिएको र अहिलेसम्म न्याय नमिलेको भन्दै उनलाई न्यायको माग गर्दै रास्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्षस्थ नेताहरु,सञ्चारकर्मीहरु, ठुला मिडिया हाउस, नेपाल प्रहरी र चर्चित कलाकारहरुको फेसबुुुक प्रोफाइल पिक्चरमा युवाहरूले हजारौं, लाखौं कमेन्ट गरेका छन् ।

आइतबार बिहानदेखि रास्ट्रपति, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताका प्रोफाइल पिक्चरमा ‘जस्टिस फर निर्मला’ भन्दै कमेन्ट गर्न थालिएको अभियान अहिले देशको चर्चित ब्यक्ति, संस्था, र कुनैपनि संगठन अछुतो रहेको देखिदैन ।

अहिलेसम्म कस्को प्रोफाइल पिक्चर कति कमेन्ट ?

यो ट्रेन्ड पहिलो पटक प्रधानमन्त्री ओलीले सन् २०१६मा राखेको प्रोफाइल पिक्चरमा कमेन्ट गरी सुरू भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा मात्रै सबैभन्दा धेरै साढे चार लाखभन्दा बढी कमेन्ट भइसकेका छन र नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजको प्रोफाइल पिक्चर करिब ५९ हजार कमेन्ट गरिएको छ । जसमा धेरैजसो निर्मलाकै न्यायका लागि माग गरिएको छ।

रास्ट्रपति विद्यादेबि भण्डारीकोमा करिब ३१ हजार,गृहमन्त्री राम बहादुर थापाकोमा करिब २६ हजार, पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोमा करिब २७ हजार, शेरबहादुर देउवाकोमा करिब १७ हजार, डा. बाबुराम भट्टराईकोमा करिब १८ हजार
गगन थापाकोमा करिब १२ हजार,रबि लामिछानेकोमा करिब ३६ हजार, ऋषि धमलाकोमा करिब ६ हजार र प्रायः सबै मन्त्रीहरु योगेश भट्टराई, बिना मगरकोमा र त्यसैगरि माधब कुमार नेपाल, झलनाथ खनालको ५ हजारको हाराहारीमा कमेन्ट गरिएको देखिन्छ , भिम रावल, जनार्दन शर्मा, विश्व प्रकाश शर्मा, बिनोद चौधरी लगाएत चर्चित नेता तथा कलाकारहरूको पनि केही कमेन्ट गरिएको छ ।

त्यसैगरी ठुला मिडिया हाउसहरु, मुलाधारको अनलाइनहरुको आधिकारिक फेसबुक पेजको प्रोफाइल पिक्चरमा समेत त्यसरी हजारौं कमेन्ट गरिएको छ।

केही समयअघि भारतमा ‘विनोद’ भन्दै कमेन्ट गर्ने ट्रेन्ड चलेको थियो। त्यसैगरी अहिले निर्मलाको लागि न्यायको माग पनि ट्रेन्डमा ल्याउने भन्दै कमेन्ट गर्न सुरू गरिएको देखिन्छ।

यो अभियान कसले चलाएको हो भन्ने प्रष्ट भइसकेको छैन। मदन भण्डारी र राजा बिरेन्द्रको परिवारले न्याय नपाएको देशमा निर्मला पन्तले न्याय पाओस भन्दै फेसबुक प्रयोगकर्ताहरुले कमेन्टमा लेखेका छन् ।

२०७५ साउन ११ गते भीमदत्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा निर्मलाको श व फेला परेको थियो।

उनको ब ला त्का रपछि ह त्या गर्ने को हुन् भन्ने अहिलेसम्म खुलेको छैन। राष्ट्रिय स्तरमा लामो समयसम्म चर्चामा रहेको निर्मला प्र’करणको अनुसन्धान अझै सकिएको छैन।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 17, 2020