एसईईको नतिजा प्रकाशित

काठमाडौ, भदौ १। २०७६ सालको एसईईको नतिजा प्रकाशित भएको छ । बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेर राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा प्रकाशित गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले दिएको जानकारी अनुसार केहीबेर अगाडि परीक्षाफल प्रकाशित गरिएको हो ‘भर्खरै परीक्षाफल प्रकाशित भयो,’ खकुरेलले भने, ‘परीक्षाफल बोर्डले प्र माणीकरण गर्‍यो।’

प्रकाशित नतिजाको त्रुटी स च्याउन बिद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालय आउनुपर्ने व्यवस्था हटाइएको छ । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पुर्याउने व्यवस्था गरेको छ ।

चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको खकुरेलले जानकारी दिए।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 17, 2020
Loading...