थप ७ दिन लकडाउन गर्ने कमलामाई नगरपालिकाको निर्णय

सिन्धुली, भदौ २। सिन्धुलीमा को रोना संक्रमण बढ्दै गएपछि कमलामाई नगरपालिका, सिन्धुलीले साउन २७ गते देखि राती १२ बजेदेखि नगर भित्र अत्यावश्यक बाहेकका सेेवा बन्द गर्ने गरेको निर्णयलाई पुनः एक हप्ता थप गरि भदौ ९ गते राती १२ बजे सम्मका लागी कायम गरेको छ ।

भदौ १ गते नगर प्रमुख खड्ग बहादुर खत्रीको संयाेजकत्वमा विश्वभर माहामारीकाे रुपमा फैलिएकाे काभिड १९ भाईरस नियन्त्रण तथा जाेखिम निराकरण सम्वन्धमा सरोकारवालाहरु उपस्थितिमा सर्वपक्षिय वैठक वसी उक्त निर्णय गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

उक्त अवधीमा कमलामाई नगरपालिका क्षेत्र भित्र अत्यावश्क सेबा भन्दा बाहेकका अन्य निजि तथा सरकारी क्षेत्रहरु, यातायात, बजार ब्यावसाय तथा अन्य विविध सेवाहरु बन्द गरिदिन नगरपालिकाले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 18, 2020
Loading...