सिन्धुलीमा लैगिक समानता र सरसफाइ सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रदर्शन सम्पन्न

सिन्धुली । प्लान नेपालको साझेदारी तथा रिलिफ नेपालको आयोजनामा सिन्धुली जिल्लाको बिभिन्न ठाउमा प्रदर्शन हुँदै आईरहेको लैगिक समानता र सरसफाइ सम्बन्धी जनचेतनामुलक सडक नाटक बुधबार सुनकोशी गाउपालिका ५ रामटारमा प्रदर्शन सम्पन्न भएको छ ।


कलाघर सिन्धुली को प्रस्तुती रहेको नाटकमा नेपाली बाबु सुमनको लेखन तथा निर्देशन र पबित्रा रम्तेल , सिसिर सिद्ध, पदम बर्मासाखा, निरुता लामा, कुसल बिक, नानु श्रेष्ठ , पुजा गौतम, सन्चिता मगर लगायत कलाकारहरूको अभिनय रहेको थियो । सामाजिक जनचेतना फैलाउने उक्त नाटक हेर्न जनसमुदाएको बाक्लो उपस्थिती थियो ।

प्रकाशित मिति September 11, 2019