भक्तपुर नगरपालिका क्षेत्रमा सार्वजनिक यातायात बन्द

काठमाडौं, भदौ २ । भक्तपुर विभिन्न स्थानमा को रोना सं क्रमण बढ्दै गएपछि भक्तपुर नगरपालिकाले भोलीदेखि सार्वजनिक यातायात बन्द गर्ने भएको छ।

भक्तपुरका नपाका मेयर सुनिल प्रजापतिको नेतृत्वमा बसेको यातायात व्यवसायी सम्मिलित बैठकले भदौ ३ गतेदेखि १५ गतेसम्म पूर्ण रुपमा यातायात बन्द गर्ने निर्णय गरेको हो।

नगर प्रमुख सुनिल प्रजापतिले सबैको सहमतिका आधारमा यातायात बन्द गर्ने निर्णय गरिएको बताए। अहिलेसम्म बाहिरबाट आएका व्यक्तिहरूमा मात्र सं क्रमण पाइएकाले समुदायस्तरमा फै लिन नदिन भक्तपुर नगरपालिका भित्र संञ्चालन हुने छोटो दूरीका सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरिएको उनले बताए।

काठमाडौं, ललितपुर लगायतका छिमेकी जिल्लामा पनि को रोना सं क्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाउन केही दिनका लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको उनको भनाई छ।

तेस्तै सूर्यविनायक नगरपालिका वडा नम्बर ६ भक्तपुर अवस्थित आकाशेपुल संगैको बसस्टप (काठमाडौं जाने साइड) निर को रोना सं क्रमित भेटिएपछि उक्त क्षेत्रको पाण्डोबजार चोक देखि सूर्यविनायक चोक सम्मको आधि भाग सि ल गरिएको छ ।

साथै त्यस क्षेत्रका सम्पूर्ण वडावासिहरुमा अति आवश्यक काम बाहेक घर वाहिर ननिस्कन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 18, 2020
Loading...