राष्ट्रकवि घिमिरेको निधनप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त

काठमाडौं, भदौ ३ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन् । पूर्व राजाको सचिवालयले शोक वक्तव्य जारी गर्दै राष्ट्रकविको निधनले नेपाली वाङ्गमय र साहित्यको क्षेत्रमा अ पूरणीय क्षति भएको जनाएको हो ।

देशभक्ति र प्रकृति प्रेममा आधारित घिमिरेका अनेकौँ काव्य कृति सदा पठनीय र मननीय रहेको पुर्वराजा शाहले उल्लेख गरेका छन् ।

साथै पूर्वराजा शाहले दि वङ्गत आ त्माको चीर शान्तिको कामना गर्दै शो कसन्तप्त परिवारजनप्रति हार्दिक स मवेदना प्रकट गरेका छन् । १०१ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएका राष्ट्रकवि घिमिरेको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अ न्त्येष्टि गरिएको छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 19, 2020
Loading...