नेकपा एमाले आधिकारिक रुपमा निर्वाचन आयोगमा दर्ता

काठमाडौं, भदौ ३ । अन्ततः निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गर्ने निर्णय गरेको छ । निवेदन परेसँगै विवादमा आएको सो पार्टीलाई आयोगले आधिकारिकता दिने निर्णय गरेको हो । सो दलले गत असारमा दलदर्ताका लागि आयोगमा निवेदन दर्ता भएपछि पछिल्लो समय नेकपामा विवाद र शंका उत्पन्न भएको थियो ।

नेकपाका अध्यक्ष प्रचण्डले नै एमाले पार्टी दर्ताको प्रकृया अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको इशारामा भएको दावी गरेका थिए । त्यसले गर्दा पार्टीमा विवाद नै उत्पन्न भयो र स्थायी कमिटीको बैठकनै प्रभावित भयो दुईपक्ष बीचमा आरोप प्रत्यारोप तर अहिले भने उक्त विवाद केही साम्य भएको छ ।

उक्त पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको कागजपत्रका आधारमा हस्ताक्षरहरु प्रमाणित भएपछि आज आयोगले दलदर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । विराटनगर निवासी सन्ध्या तिवारी अध्यक्ष रहनेगरि पार्टीदर्ताका लागि आयोगमा निवेदन परेको थियो ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 19, 2020
Loading...