सिन्धुलीमा थप ७ जनामा कोरोना संक्रमण पुष्ठि

सिन्धुली, भदौ ५ । सिन्धुलीमा थप ७ जनामा कोरोना देखिएको छ । स्रोतका अनुसार सिन्धुलीबाट एक हप्ता अगाडि कोरोना चेकजाँचका लागि हेटौंडा पठाइएको स्वाबको कोरोना रिपोर्टमा ७ जनामा कोरोना देखिएको हो ।

परीक्षणका लागि २४५ जनाको स्वाब पठाइएकोमा सात जनाको रिपोर्ट पोजिटिभ आएको स्रोतले बतायो तर त्यसको पुरा बिबरण भने आउन बाँकी छ ।

सिन्धुली जिल्लामा यो सम्म ४१ जनामा कोरोना संक्रमण पुष्ठि भैसकेको छ । १२ जना संक्रमित निको भएर घर फर्किसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।सिन्धुलीमा कोरोना भाइरस संक्रमित १६ जनाको कमलामाइ नगरपालिका ६ को राम्माडीमा रहेको एपोलो हस्पिटलको आइसोलेसनमा उपचार भइरहेको छ भने एकजना सिन्धुली अस्पतालमा उपचाररत छन् ।

सिन्धुलीमा संक्रमण बढेसँगै जिल्लाका ९ वटै स्थानीय तहले अ त्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेका छन् ।

कमलामाई नगरपालिका, घ्याङलेख, मरिण, हरिहरपुरगढी र सुनकोसी गाउँपालिकाले दुई सातासम्म लकडाउन गरेका छन् भने दुधौली, नगरपालिका, गोलन्जोर, तीनपाटन र फिक्कल गाउँपालिकाले एक सातासम्म लकडाउन गरेका छन् ।

संक्रमितको कन्ट्याक ट्रेसिङको अवस्था ज टिल बन्दै गएकाले सबै स्थानीय तहले समन्वय गरी लकडाउन गरेको प्रजिअ योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिएका छन् । अत्यावश्यक सरसामान आयात, निर्यात र राष्ट्रिय राजमार्ग भने संचालनमा रहेको उनको भनाइ छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 21, 2020
Loading...