काठमाडौंमा थप एकको मृत्यु, १८२ संक्रमित थपिए

काठमाडौं, भदौ ५ । काठमाडौं उपत्यकामा बिहीबार १८२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृ त्यु भएको छ । ग्रिनसिटी अस्पतालबाट बिहीबार बलम्बुस्थित एपीएफ अस्पतालमा लगिएका ७७ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार मृ त्यु भएको हो । उनी साउन ३० गते सप्तरीको राजविराजबाट काठमाडौं आएका थिए । त्यही दिन वीर अस्पतालको प्रयोगशालामा स्वाब दिएका उनको ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

तेस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ८ सय ३८ जनामा कोरोना संक्रमण देखा परेको हो । थपिएका संक्रमितमा ५४६ पुरुष छन् भने २ सय ९२ महिला छन्।

योसंगै हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 21, 2020
Loading...