लकडाउनमा पनि घटेन काठमाडौंमा संक्रमीत, आज थपिए २१६ जना

काठमाडौं, भदौ ६ । काठमाडौं उपत्यकामा शनिबार थप २ सय १६ जना कोरोना संक्रमीत थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

उनका अनुसार काठमाडौं १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० संक्रमित थपिएका हुन्। यसअघि शुक्रबार उपत्यकामा १ सय ८२ सय संक्रमित थपिएका थिए।

त्यसैगरी नेपालभर आज थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या १४६ पुगेको छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 22, 2020