दक्षिण कोरियामा फेरि संक्रमण बढेपछि निषेधाज्ञा जारी

काठमाडौं, भदौ ६ । दक्षिण कोरियाले को रोना सं क्रमणका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । को रोना भाइरसको सं क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको स्वास्थ्य मन्त्री पार्क नेउङ हुले जनाएका छन् ।

दक्षिण कोरिया सरकारले सार्बजनिक ठाउँहरुमा भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रो क लगाइएको छ । स्वास्थ्य मन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिहरुमा देशभरी नै रोक लगाइएको सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।

दक्षिण कोरियामा को रोना भा इरसको सं क्रमण शनिबार थप तीन सय ३२ जनामा देखिएको पनि उनले बताए । नयाँ थपिएका सं क्रमित मध्ये अधिकांश राजधानी सोल भित्रनै देखिएको पाइएको छ । सुरुवाती चरणमा कोरोना नियन्त्रण गरेको दक्षिण कोरियामा को रोना भा’इरसबाट सं क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ ।

सं क्रमण राजधानी बाहेक देशका अरु ठूला शहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए । कतिपय प्र तिवन्धात्मक व्यवस्थाहरु भने सरकारले यसअघि पनि लागु गरिसकेको छ । अहिले त्यसमा केही थप प्रतिबन्धहरु लगाइएको हो ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 22, 2020