७२ वर्षीय वृद्धलाई बोक्सा आरोपमा बन्धक बनाई कुटपिट

सङ्गीता डिम्दोङ,
सिन्धुली, भदौ ६ । ७२ वर्षीय ज्येष्ठ नागरिकलाई बोक्साको आरोप लगाएर ४ घण्टासम्म बन्धक बनाइ कुटपिट गरेको आरोपमा ६ जना अभियुक्तलाई पक्राउ गरिएको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ५ हात्तीदमार धुलौटाका लक्षुमान बम्जनलाई भदौ ४ गते बोक्सोको आरोपमा स्थानीय एक परिवारले बन्धक बनाई चार घण्टा थुनेर कुटपिट गर्नुका साथै अ मानवीय व्यवहार गरेको पीडितले आरोप लगाउनुभएको छ । सोही वडाका फुलमाया वाइबा, हरिमाया वाइबा, रोजिना वाइबा, टासिङ वाइबा, शुक्रबहादुर वाइबा, सुरेन्द्र वाइबा र लालबहादुर वाइबाले आफूलाई अ’पहरण गरेको आरोप पीडितको छ ।

पीडितका अनुसार, भदौ ४ गते घरमा बसीरहेका बेला समातेर पाँच सय मिटर पर रहेको फुलमाया वाइबाको घरमा लगी या’तना दिइएको थियो ।

पीडित बम्जनले भन्नुभयो, “परिवारले मिलेर चार हातपाउ बाँधी, कोहीले हात समाए, कोहीले खुट्टा समातेर छातिमाथि चढेर कु’टपिट गरे ।” ‘हामीलाई भेदाउने तँ बोक्सा होस्, तेरो बान फिर्ता लिई’ भन्दै आफूमाथि कुटपिट भएको पीडितले जानकारी दिएका छन् ।

पीडित बम्जनको उजुरीपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले आरोपितहरु आमासहित छीन छोरा र दुई छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख रञ्जु सिग्देलले जानकारी दिनुभयो । अन्य आरोपितहरु फरार रहेको र तिनको खोजी कार्य जारी रहेको जनाइएको छ । आरोपितमाथि आइतबारबाट अनुसन्धान थालेर मुद्दा दायर गरिने प्रहरी प्रमुख सिग्देलले बताउनुभयो ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 22, 2020