सिन्धुलीमा संक्रमितका लागि छुट्टै ५० शैय्याको आइसोलेसन भवन निर्माण धमाधम हुदै

सिन्धुली, भाद्र ७ । सिन्धुलीमा को रोना सं क्रमण बढ्दै गएपछि को रोना संक्रमितहरुको उपचारको लागि छुट्टै आइसोलेसन अस्पताल भवन निर्माण सुरु गरिएको छ ।  कमलामाई -६ शिबनगरमा तीन करोड ३६ लाख रुपैयाको लागतमा ५० बेड क्षमताको आईसोलेसन भवन बनाउन सुरु गरिएको हो ।

सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशको आर्थिक सहयोगमा भवन निमार्ण सुरु गरिएको प्रदेश सासंद राजन दाहालले जानकारी दिए । उहाँका अनुसार बाग्मति प्रदेशको ९७ लाख रुपैया सहयोग र बाँकी रकम स्थानीय तह, सामाजिक संघ संस्थासँग सहयोग लिइ जुटाईने छ भने अपुग भएमा जिल्लाबाट निवार्चित प्रदेश सभा सासंदको भौतिक प्राविधिक निवार्च क्षेत्र कोष बाट खर्च गरिने छ ।

आइसोलेसन भवन भदौ २५ गते सम्म सम्पन्न गरिसक्ने  सासंद दाहालले बताए । “आइसोलेसन भवन निमार्ण पछि त्यहाँ चाहीँने आवश्यक कर्मचारी, भेन्टिलेटर साथै आवश्यक उपकरणको व्यवस्था बाग्मति प्रदेश सरकारले गरिदिने निणर्य भएको छ” उनले भने, “आईसोलेसन भवन विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको हुने र तीन वटा आईसियु बेड हुने छ ।”

आइसोलेसन भवन निमार्णका लागि सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेको छ ।

समितिमा अमरेश चन्द्र बैदार (सिन्धुली उवा संघ, अध्यक्ष), तुल्सी राम श्रेष्ठ (निर्माण व्यवसायी संघ, अध्यक्ष), उज्जल कुमार थापा (वडाध्यक्ष कनपा ६), उद्धव प्रसाद दाहाल (निर्माण व्यवसायी), रामजी काफ्ले (सिद्धेश्वर खानेपानी), गोमा कुमारी प्रधान (वडा सदस्य कनपा ६), मेनुका तिमल्सिना (समाजसेवी) र सिता सत्याल (समाजसेवी) रहेका छन ।

यस्तै भवन निर्माणमा अनुगमन गर्नका लागि अनुगमन समिति समेत गठन गरिएको छ । प्रदेश सभा सदस्यहरु लेखनाथ दाहाल (राजन), विनोद कुमार खड्का, प्रदीप कटुवाल, बुद्धिमान माझी, जिल्ला समन्वय समितिका प्रमुख शंकर राज बर्मा तिवारी, कमलामाई नगरपालिकामा मेयर खड्ग खत्री, प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेल, नेपाली कांग्रेसका उज्जल प्रसाद बराल, नेकपाका सूर्य पाख्रिन, जनता समाजवादी पार्टीका मोदनाथ तिमल्सिना, नेपाल पत्रकार महासंघका राजन कार्की रहेका छन ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 23, 2020