आज काठमाडौं उपत्यकाको यी स्थानमा काटिँदैछ विद्युत्

काठमाडौं, भदौ ७ । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ ।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपाम चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला।तपाईहरु संग कुनै सूचना, जानकारी छन् भने हामीलाई -Kathmandu24online@gmail.com मा मेल गर्न सक्नुहुनेछ । धन्यवाद ।

प्रकाशित मिति August 23, 2020
Loading...