१२ वर्षमाथिकालाई मास्क अनिवार्य, ५ वर्ष मुनिकालाई पर्दैन : डब्लुएचओ

एजेन्सी, भदौ ७ । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले १२ वर्ष माथिका सबैले मास्क प्रयोग गर्नुपर्ने जनाएको छ । मास्क सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै डब्लुएचओले सं क्रमणबाट जोगिन र संक्रमण फैलिन नदिनका लागि १२ वर्ष माथिका सबैका लागि मास्क अनिवार्य गर्नुपर्ने बताएको हो ।

किशोरकिशोरीहरुबाट बयस्कहरुबाट जस्तै सं क्रमण फैलन सक्ने उसको भनाइ छ । मास्कको प्रयोगमा आफ्ना बालबालिकालाई अभिभावकले सहयोग गर्नुपर्ने पनि डब्लुएचओले जनाएको छ ।

पाँच वर्षसम्मका बालबालिकाले भने मास्क लगाउनु नपर्ने डब्लुएचओले जनाएको छ । को रोना भा इरसका कारण विश्वभर अहिलेसम्म विश्वभर ८ लाख ८ हजार भन्दा बढीको ज्यान भएको छ । सं क्रमित हुनेको संख्या दुई करोड ३३ लाख हजार भन्दा बढी पुगेको छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 23, 2020
Loading...