उपत्यकामा दैनिक सयौं सवारी-साधन ट्राफिक प्रहरीको कार्वाहीमा

काठमाडौं, भदौ ७ । काठमाडौँ उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा लागू भएपछि जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । प्रशासनले नि षेधाज्ञा जारी गरेपनि उल्लंघन गर्ने क्रम रोकिएको छैन ।

आज विहान निषेधाज्ञा अवज्ञा गर्ने एक सय ४७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञा पालना नगर्ने दुईपाङ्ग्रे १३६ र चारपाङ्ग्रे ११ वटा गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
हिजो पनि प्रहरीले ७ सय ३५ सवारी साधनलाई दिनभर होल्ड गरेर साँझ छाडेको थियो । निषेधाज्ञा उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

उपत्यकामा गत बिहीबारदेखि १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् ।

सवारी साधनको सञ्चालन रोकिएको छ भने सर्वसाधारणको हिँडडुल प्रतिबन्धित छ । अत्यावश्यक सेवाका पसल भने विहान सातबजेसम्म मात्रै सञ्चालनको अनुमति दिइएको छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 23, 2020
Loading...