बिरगंजको कोरोना अस्पतालबाट दुई संक्रमित फरार

बिरगंज, भदौ ७ । वीरगञ्जमा दुई जना कोरोना संक्रमित वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालबाट फरार भएका छन् ।

राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

अस्पतालको पछाडिबाट हाम फालेर भा गेको हुन सक्ने आशंका प्रहरीको छ । उनीहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 23, 2020
Loading...