सिन्धुलीमा हरिबोल गजुरेलले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्दै छन् कि छैनन् ? हेरौं

सिन्धुली : करिब ३ वर्ष अघि चुनाबि सभामा ५ बर्षमा सिन्धुलीलाई नेपालकै नमुना जिल्ला बनाउछु भनेका सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का नेकपा सासंद हरिबोल गजुरेलले सिन्धुली जिल्लामा चुनावमा गरेका प्रतिबद्धता पूरा गर्दै छन् कि छैनन् हेरौ गजुरेलको नेतृत्व र पहलमा सिन्धुली जिल्लामा भईरहेको विकास निर्मार्णका योजनाहरु –

१) टेक्निकल विश्वविद्यालयका लागि कानुन निर्माणको चरणमा छ। बन्ने निश्चित भएको छ।
२) सिन्धुली बहुमुखी क्याम्पस आंगिक बनाउन बारम्बार मन्त्री र त्रिवपसँग गरेको छलफलपछि यसपटक नीति कार्यक्रममा साे विषय आएकाे छ।
३) दुम्जा मरिण लालबन्दी सडक बैकल्पिक राजमार्ग बन्ने निर्णय भएको छ।
४) जिल्ला अस्पताल नमूना अस्पताल १०० शैयाकाे बन्ने निर्णय भएको छ।
५) बजारमारा, कमला, सुनकोसी लगायत दुई दर्जन सिचाईंका योजना कार्यन्वयनमा छन् । लिफ्ट सिचाइ, डिप बाेरिङ।
७) कमलामाई, मरिण र गाेलन्जाेरमा १०-१० हजार जनसंख्याको लागि खानेपानी बृहत् योजना कार्यन्वयनकाे चरणमा छ।
८) सुनकोसीमा ६ करोड ९० लाखकाे लिफ्ट खानेपानी योजना बन्दैछ ।
९) दुम्जा नेपालटारमा राेशीखाेला नियन्त्रणको लागि बजेट परेको छ।
१०) राष्ट्रिय विमानस्थल निर्माणको लागि डिपिआर बनेर iee हुदैछ ।
११) ग्वाङखाेला, चदाहाखाेला, चुवाबाेटे, क्यानखाेला, अारुबाेटेखाेला, भालुखाेला, बखफर लगायत दर्जन पुलहरु निर्माणकाे चरणमा छ। यसैपटक सातवटा नयाँ पुलको डिपिअार बन्दैछ ।
१२) तीनवटै गढीलाई पर्यटकीय स्थलको रुपमा विकासका लागि काम भईरहेकाे छ। १३) हरिहरपुरगढीबाट सिन्धुलीगढी फुटट्रेल निर्माणाधीन छ।
१४) मदनभण्डारीमार्गकाे साेकनखाेलामा रिफ्रेस सेन्टरसहित शहरीकरण हुदैछ ।
१५) विपि पार्क दुम्जा, आजाद पार्क खुर्काेट, नमूना पार्क सिन्धुलीमाढी, शहीदपार्क अमले-१, विशालकुमारपार्क मरिण लगायत निर्माणाधीन ।
१६) विभिन्न मठमन्दिर, गुम्बा संरक्षण स्तराेन्नति ।
१७) मरिण- सुनकोसी डाईभर्सन निर्माणकार्य सुचारू ।
१८) सिन्धुली गढीमा सुरुङमार्ग अध्ययन, सर्वेक्षणमा ।
१९) काेखाजाेर जलविद्युत अायाेजना निर्माणकाे चरणमा ।
२०) पूर्ण विद्युतिकरणमा सिन्धुली ।
२१) मरिण, बागमती, चदाहा, तावा र कमला नदी नियन्त्रण कार्यक्रम ।
२२) वैकल्पिक उर्जा सबै स्थानीय तहमा ।
२३) हरिहरपुरगढीमा पाहुनाघर, रामपुरमा सभाहल, कमलामाईमा रंगशाला, कभर्डहल निर्माण ।
२४) सेती पहिरो नियन्त्रणमा ७० लाख
२५) अाधादर्जन झाेलुङ्गेपुल सम्पन्न । ४ वटामा ठेक्का भरखर लागेको । अाधादर्जन नयाँ सर्वे हुदै । पञ्चकन्या पाेखरी जाने ठाउँमा पनि झाेलुङ्गेपुल ठेक्का लागेको छ।
२६) प्रदेशबाट नाङ्गेडाडामा विशाल पार्क निर्माणाधीन ।
२७) बन्दिपुर काफ्लेचाैर सडक निर्माण, स्तराेन्नति हुदैछ ।
२८) रामेछापको सित्खाबाट मुलकाेट हुदै चपाैलि विपिराजमार्ग जाेड्ने सडक निर्माण तथा पिच।
२९) चुरेक्षेत्र संरक्षणका लागि विशेष कार्यक्रम कार्यान्वयनकाे चरणमा छ।
३०) माछापालन, चक्लाबन्दी, पशुपालन, कृषि लगायतमा विशेष अनुदान। औजार प्रदान ।
३१) रणनीतिक सडकमा कमलामाई नगरपालिका रिङराेड राखिएको छ। यसपालि निर्माणकार्य अघि बढ्छ।
३२) कनपा१० मुजुरामा सहिद पार्क निर्माण।
३३) भिमानबाट रानीचुरि जाने कमला नदीमा पुल।                                                                                     तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 23, 2020
Loading...