बुटवलमा दुईजना कोरोना संक्रमितको मृत्यु

बुटवल, भदौ ७ । बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवल धागो कारखानामा लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित आइसोलेसन अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचाररत् उनीहरूको आइतबार दिउँसो १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं १ निवासी ६७ वर्षीय महिला र रुपन्देहीको समरीमाई गाउँपालिका वडा नं. २ मुडुला निवासी ३८ वर्षिीय पुरूष छन्।

उनीहरू दुवै जनाको आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो। मृतक महिला साउन ३१ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन्। उनमा कोरोना संक्रमणसँगै उच्च रक्तचाप र मिर्गौलाको समेत समस्या रहेको अस्पतालले जनाएको छ।

 

त्यस्तै, मृतक पुरूषलाई भने भदौ १ गते कोरोना संक्रमण पुष्टिसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 23, 2020
Loading...