स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्छु : काठमाडौं प्रजिअ दाहाल

काठमाडौं, भदौ ७ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेलहाल्ने चे तावनी दिनुभएको छ ।

स्वास्थ्यकर्मी राखिएको भन्दै बानेश्वरका स्थानीयले त्यहाँको होस्टेल घेराउ गर्दै सञ्चालकलाई ध म्की दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी दाहालले घेराउ गर्ने र ध म्की दिनेको पहिचान भइसकेकाले त्यस्ता व्यक्तिलाई खोजीखोजी संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी दिनुभएको हो । ‘सोच्न पनि नसकिने महाअपराध गरिएको छ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भगवान हुन्, त्यस्तालाई रोक्नेलाई पाता फर्काएर ६ महिना जे’ल हाल्छु । मैले सुरक्षाकर्मीलाई प क्राउ गर्न निर्देशन दिइसकेको छु ।’

आवतजावत रोकेर सं क्रमण फैलन गरिएको निषेधाज्ञा प्रभावकारी भएको भन्दै दाहालले सहयोग गर्न नागरिकलाई अपिल गर्नुभयो ।

स्वास्थ्यकर्मी राखिएको होस्टेल घेराउ गरेर मनोबन गिराउने बानेश्वरका स्थानीयलाई का रबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले आइतबार नै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।                                                                                                         फोटो- नेपाल टेलिभिजन

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 23, 2020
Loading...