चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौ ८। चितवनमा पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोभिड १९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ७ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा नीतु अधिकारीले जानकारी दिइन् ।

संक्रमितहरु सबै भरतपुर महानगरपालिकाका हुन् । महानगरपालिकाका वडा नम्बर ७, ९, १०, ११ र १२ मा संक्रमितहरु फेला परेका हुन् ।

यो विवरण आइतबार राति १० बजेसम्मको रहेको प्रयोगशालाले जनाएको छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा आइतबार २०९ नमुना परीक्षण गरिएको थियो ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 24, 2020