हेटौंडामा भदौ १५ गतेसम्म निषेधाज्ञा जारी

हेटौंडा, भदौ ८ । कोरोना संक्रमण बढ्ने क्रममा देखिएपछि हेटौंडामा जारी रहेको निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको बैठकले संक्रमणको जोखिम उच्च भएकोे भन्दै निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउने निर्णय भएकोे मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।

उनका अनुसार पुरानै शैलीमा निषेधाज्ञा लम्ब्याउने निर्णय भएकोे छ । जिल्ला सुरक्षा समितिको बैठकले साउन २६ गतेबाट हेटौंडा उपमहानगर पुरै र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा संक्रमणको जोखिम मुल्यांकन गर्दै निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

भोलि ९ गतेसम्म कायम रहेको निषेधाज्ञा भदौ १५ गते सम्म लम्ब्याउने निर्णय गरिएको हो । मकवानपुरमा कोरोना संक्रमितको संख्या ३ सय ९ जनामा पुगेको छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 24, 2020
Loading...