थप ७४३ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा २२४

काठमाडौं, भदौ ८ । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा २२४ जनासहित नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या १५७ पुगेको मन्त्रालयले बताएको छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 24, 2020