सिन्धुलीको सुनकोसी नदीले बगाउदा एक बालक बेपत्ता

सिन्धुली, ८ भाद्र । सिन्धुलीमा सुनकोसी नदीले ब गाउदा एकजना बालक वेपत्ता भएका छन । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर २ वितिजोर कुखुरेटार निवासी राम बहादुर माझिको छोरा १२ वर्षको माधब माझिलाई नदिले बगाएको हो । माझिलाई आज दिउसो करीब ४ बजे तिर माछा मार्ने क्रममा सुनकोसीको घुमाउने द हमा पस्दा बेपत्ता बनाएको वडा नम्बर २ का अध्यक्ष दौलत कार्कीले बताउनु भयो ।

उनीसँग माछामार्न अरु चारजना साथीहरु पनि गएका थिए । उक्त बालकको श ब अहिलेसम्म फेला नपरेको पनि उहाले जानकारी दिनुभएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबहादुर खत्रीले नदिमा बेपत्ता भएका बालकको खोजी भइरहेको जानकारी दिएका छन्

काठमाडौंट्वान्टिफोरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 24, 2020